कैलालीको जोशीपुर गाउँपालिकामा काँग्रेस विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कैलालीको जोशीपुर गाउँपालिकामा काँग्रेस विजयी


१७ असार २०७४, शनिबार


धनगढी । कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका रामकृष्ण चौधरी तीन हजार ४३२ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका विरुप्रसाद चौधरीले दुई हजार ७४१ मत प्राप्त गरेको निर्वाचन अधिकृत जीवनाथ पोख्रेलले बताए ।

यसैगरी, उपाध्यक्षमा कांग्रेसकै गीता कठरियाले तीन हजार ५६८ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमकी किरण चौधरीले तीन हजार ४८९ मत प्राप्त गरिन् ।

जोशीपुर गाउँपालिका नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय नेता रामजनम चौधरीको गृह क्षेत्र पनि हो । १९ हजार ३६५ मतदाता रहेको जोशीपुरमा १५ हजार ५२७ मत खसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस