गजल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गजल


१७ असार २०७४, शनिबार


उ त्यो पर हेर्नू गुलाबको एउटा घर देखिन्छ ?
भीरमा फुलेको छ तै पनि उ सुन्दर देखिन्छ ?

प्रविधिले अचेल यति सजिलो बनाएको छ ?
अनकन्टार गाउँ पनि अचेल सहर देखिन्छ ?

रिस राग र अहंलाई अचेल गहना सम्झन्छन् ?
खोल्न सके पो यी गहना मान्छे ईश्वर देखिन्छ ?

औषधी किन्दैमा रोग कहाँ निको हुन्छ र ?
खाएर हेर अनि पो यसको असर देखिन्छ ?

बल नदेखेर हो कि अचेल म बोल्ड भएको छु ?
ब्याट्म्यान भन्दा यहाँ चतुर बलर देखिन्छ ?

प्रतिक्रिया दिनुहोस