गजल « प्रशासन
Logo ११ आश्विन २०८०, बिहिबार
   

गजल


१७ असार २०७४, शनिबार


किन आउदैन सुवास भन्छन् कसै कसैले
किन चल्दैन बतास भन्छन् कसै कसैले

नजर डुलाएर बसिरहे त्यो महेफिलमा
किन लाग्दैन खास भन्छन् कसै कसैले

मनको स्वभाव तरल भै बगिरहँदा पनि
हुन्छ अतृप्तिको एहसास भन्छन् कसै कसैले

मनको मन सितै मिलन भैदिँदा पनि किन
हुँदैन आफन्तको आभास भन्छन् कसै कसैले

मायाले भरिएको अमृत जो छ तिमी भित्र
तर किन बुझ्दैन प्यास भन्छन् कसै कसैले

मन विचार अनि भावना पनि मिल्छ हाम्रो
तर तिमी बिना सास चल्दैन भन्छन् कसै कसैले

 

प्रतिक्रिया दिनुहोस