डडेल्धुराका तीन गापामा काँग्रेस विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डडेल्धुराका तीन गापामा काँग्रेस विजयी


१६ असार २०७४, शुक्रबार


डडेल्धुरा । गन्यापधुरा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका नवल मल्ल तीन हजार ३६९ र कमला ठगुन्ना तीन हजार ४०७ मत प्राप्त गरी विजयी भएका छन् ।

मल्लका प्रतिद्वन्द्वी नेकपा एमालेका वीरेन्द्र मल्लले एक हजार ९४६ र ठगुन्नाका प्रतिद्वन्द्वी कृष्णा ओझाले एक हजार ८७३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी आलिताल गाउँपालिका अध्यक्षमा काँग्रेसकै बलबहादुर गुरुङ दुई हजार २६१ र उपाध्यक्षमा जलादेवी बोगटी दुई हजार २४२ मत प्राप्त गरी विजयी भएका छन् । उनीहरुका प्रतिद्वन्द्वी क्रमशः माओवादी केन्द्रका जगत पार्कीले दुई हजार ९८ र उपाध्यक्षका उम्मेदवार हरिना खत्रीले एक हजार ९९४ मत प्राप्त गरे ।

त्यस्तै भागेश्वर गाउँपालिकामा अध्यक्षमा कौशिला भट्ट दुई हजार सात र उपाध्यक्षमा पदम बोहरा एक हजार ८४४ मत प्राप्त गरी विजयी भएका छन् । उनीहरुका प्रतिद्वन्द्वी क्रमशः एमालेका विष्णु ठकुराठीले एक हजार ८४४ र कमला मालीले एक हजार ४९५ मत ल्याएका छन् । रासस

प्रतिक्रिया दिनुहोस