टीकापुर नगरपालिका–३ र ६ वडाध्यक्षमा फोरम लोकतान्त्रिक विजयी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

टीकापुर नगरपालिका–३ र ६ वडाध्यक्षमा फोरम लोकतान्त्रिक विजयी


१६ असार २०७४, शुक्रबार


धनगढी । कैलालीको टीकापुर नगरपालिका–३ र ६को अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ ।

सहायक निर्वाचन अधिकृत वसन्त बोहराका अनुसार वडा नं. ३ मा नेपाल फोरम लोकतान्त्रिकका रामसेवक चौधरी ५४० मत ल्याएर वडा अध्यक्षमा विजयी भएका छन्। उक्त वडाको एक सदस्य नेकपा माओवादी केन्द्र र बाँकी तीन सदस्य लोकतान्त्रिक फोरमले जितेको छ ।

यसैगरी वडा नं. ६ मा लोकतान्त्रिक फोरमकै बलीराम चौधरी ५२१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन् । उक्त वडाका सबै सदस्यमा लोकतान्त्रिक विजयी भएको छ ।

टीकापुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाल लोकतान्त्रिक फोरमले सुरुदेखि नै अग्रता लिइरहेको छ । एमालेका प्रत्यासीले उनीहरुलाई पछ्याइरहेका छन् ।

कैलालीको घोडाघोडी नगरपालिका–१२ को वडाध्यक्षसहित पूरै समूह माओवादी केन्द्र विजयी भएको घोषणा यसअघिनै गरिसकिएको छ । वडा अध्यक्षमा विजयी प्रनाकुमार चौधरीले ६८९ मत र उनको निकटतम काँग्रेसका रामदुलारे चौधरीले ४६५ मत प्राप्त गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस