लागुऔषधसहित भारतीय पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लागुऔषधसहित भारतीय पक्राउ


१६ असार २०७४, शुक्रबार


लहान । लागुऔषध चरेस र गाँजासहित प्रहरीले शुक्रबार सिरहाको लहानबाट एक भारतीयलाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका–१२ स्थित भोटियाटोल नजिकै सडक छेउमा नसालु पदार्थ सेवन गरी मानिस सुतिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लागुऔषध चरेस र गाँजासहित भारतको विहार राज्यअन्तर्गत सिवान जिल्ला सिसानी थाना मुईयान ग्राम पञ्चायत निवासी ३७ वर्षीय श्यामसुन्दरप्रसाद सुनारलाई पक्राउ गरेको हो ।

अभियुक्त सुनारका साथबाट प्लास्टिकको झोलामा टेपले बेरिएका अवस्थामा दुई किलो चरेस र ९८० ग्राम गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस