२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आदिनाथ मन्दिरको जीर्णोद्धार सुरु

अ+ अ-

काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित चोभारको आदिनाथ मन्दिर जीर्णोद्धार सुरु गरिएको छ ।

वि.सं. २०७२ को भूकम्पका कारण मन्दिर जीर्ण भएपछि त्यसको मर्मतका लागि विधिविधानअनुसार शुक्रबार तान्त्रिक पूजा गरी जीर्णोद्धार सुरु गरिएको हो । मन्दिर जीर्णोद्धारका क्रममा कुनै पनि अनिष्ट नहोस् भनेर तान्त्रिक पूजा गरिएको हो । परापूर्वकालमा नख्खु दोभानमा फेला पारिएको उक्त मूर्तिमा शिव तथा पार्वतीको आकृति प्रतिविम्बन भएकाले आदिनाथ भनिएको हो । लिच्छविकालमा निर्मित सो मन्दिरमा हिन्दू तथा बौद्ध धर्मावलम्बीले संयुक्त रुपमा आस्था प्रकट गर्छन् । मन्दिरमा अवस्थित आदिनाथलाई हिन्दूले शिवशक्तिका रुपमा तथा बौद्धले लोकेश्वरका रुपमा पूजा गर्ने परम्परा छ ।

मन्दिर जीर्णोद्धारका क्रममा मूर्तिलाई त्यहाँबाट निकालेर मन्दिर परिसरको अर्को सुरक्षित स्थानमा सारिएको छ । यसरी मूर्तिलाई मन्दिरबाट निकाल्दा तान्त्रिक विधिबाट क्षमा पूजा गरी स्थानीय देवदेवतासँग अनुमति माग्ने प्रचलन रहेको पुजारी सरोज शाक्यले जानकारी दिए ।

उक्त मन्दिरमा असोज शुक्ल पूर्णिमा तथा चैत शुक्ल अष्टमीका दिन विशेष जात्रा लाग्छ । जात्रा भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजन सहभागी हुन्छन् । मन्दिरमा दर्शन गरेमा पारिवारिक सुखशान्ति कायम भई ठूला ठूला रोगव्याधिबाट मुक्त होइने विश्वास छ । रासस

0 Comments