बाजुराको गौमूलमा एमाले विजयी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बाजुराको गौमूलमा एमाले विजयी


१६ असार २०७४, शुक्रबार


बाजुरा । गौमूल गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

गौमूलको अध्यक्षमा हरि रोकाया दुई हजार २४० मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका देवबहादुर रोकायाले एक हजार ५०० मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्षमा एमालेकी सीता थापा दुई हजार २०१ मत ल्याई विजयी हुइन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी उमा रोकायाले एक हजार ५५५ मत प्राप्त गरिन् । गौमूल गाउँपालिकाको चारवटा वडामा एमाले र दुईवटामा काँग्रेस विजयी भएको छ । रासस

प्रतिक्रिया दिनुहोस