मोरङको पथरी शनिश्चरे– १ मा एमाले विजयी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मोरङको पथरी शनिश्चरे– १ मा एमाले विजयी


१६ असार २०७४, शुक्रबार


मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ को वडाअध्यक्षमा नेकपा एमालेका बाबुराम याङदेनले एक हजार ५२९ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार धनकुमार तामाङले एक हजार १११ मत प्राप्त गरे । सो वडामा चार हजार १५२ मत खसेको थियो ।

यस्तै वडा सदस्यहरुमा एमालेकै रोमान्सी धिमाल, इन्दिरा सुन्दास, दुर्गाप्रसाद सिटौला र धनप्रसाद साँवा विजयी भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस