पाकोट मझुवागढी नगरपालिका– १३ मा माओवादी केन्द्र विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पाकोट मझुवागढी नगरपालिका– १३ मा माओवादी केन्द्र विजयी


१६ असार २०७४, शुक्रबार


खोटाङ । रुपाकोट मझुवागढी नगरपालिका– १३ नुनथलामा नेकपा माओवादी केन्द्रको समूह विजयी भएको छ ।

माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार भीम राई २९५ मत ल्याएर विजयी भए भने उनका निकतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जगवीर तामाङले १८० मत प्राप्त गरेका थिए ।

सो वडामा माओवादीकै अन्य सदस्य पनि विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२६ हजार २८३ मतदाता रहेको नगरपालिकामा १७ हजार ४४ मत खसेको जनाइएको छ ।

प्राप्त मतपरिणामअनुसार वडा नम्बर १, ७ र ११ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर ६, १२ र १३ मा माओवादी केन्द्रका समूह विजयी भएको बताइएको छ ।

खोटाङकै जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेले प्रमुख, उपप्रमुख, चार वडाध्यक्ष र १७ सदस्यसहित २३ पदमा जित हासिल गरेको छ । एमालेका शङ्करबहादुरले दुई हजार १५३ र विमलाले दुई हजार ८६ मत ल्याएर प्रमुख र उपप्रमुखमा विजयी भएका हुन् ।

अध्यक्ष पदमा शङ्करका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेम खड्काले एक हजार ५६२ र उपप्रमुख अनिता राईले एक हजार ४६६ मत ल्याएका छन् ।

उक्त गाउँपालिकामा काँग्रेसले एक वडाध्यक्षसहित सात पद र माओवादी केन्द्रले एक वडाध्यक्षसहित दुई पदमा जित हासिल गरेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस