लिखुपिके र महाकुलुङमा माओवादी केन्द्र विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लिखुपिके र महाकुलुङमा माओवादी केन्द्र विजयी


१६ असार २०७४, शुक्रबार


सोलुखुम्बु । लिखुपिके र महाकुलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

लिखुपिके गाउँपालिका अध्यक्षमा डम्बरबहादुर बस्नेतले एक हजार १३६ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामबहादुर बस्नेतले ७६० तथा नेकपा एमालेका पोष्टकुमार कार्कीले ५१९ मत प्राप्त गरे ।

उपप्रमुखमा माओवादी केन्द्रकी प्रमिला बस्नेतले एक हजार ४२ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेस उम्मेदवारले ८२८ तथा एमाले उम्मेदवारले ५९६ मत प्राप्त गरिन् । पाँचवटा वडा रहेको सो गाउँपालिका काँग्रेस र माओवादी केन्द्रले दुई÷दुई तथा एमालेले एउटा वडामा जित हासिल गरेको छ ।

यस्तै महाकुलुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका सागर किराँती एक हजार ४०३ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका भलाकाजी कुलुङले एक हजार ३८३ मत प्राप्त गरे । उपप्रमुखमा काँग्रेसकी विपना कुलुङ विजयी भइन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस