मोरङको मिक्लाजुङ–२ मा एमाले विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मोरङको मिक्लाजुङ–२ मा एमाले विजयी


१६ असार २०७४, शुक्रबार


मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–२ को अध्यक्षमा नेकपा एमालेका गौरी राईसहित पूरै एमाले समूह विजयी भएको छ । यसअघि बिहीबार वडा नं. १ मा नरबहादुर राई (जीवन) सहित पूरै एमाले समूह नै विजयी भएको थियो ।

आज बिहान सार्वजनिक अन्तिम मतपरिणामअनुसार मिक्लाजुङ–२ मा राई सो वडामा खसेको एक हजार २०५ मतमध्ये ४७३ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अमर राईले ३३० मत प्राप्त गरेका छन् । यस्तै, सदस्यहरुमा एमालेकै कमलकुमारी राई, कृष्णकुमारी विक, नैनबहादुर राई र मोहन राई विजयी भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस