इनरुवाको बराह नगरपालिका–१ मा नेपाली काँग्रेस विजयी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

इनरुवाको बराह नगरपालिका–१ मा नेपाली काँग्रेस विजयी


१६ असार २०७४, शुक्रबार


इनरुवा । सुनसरीको बराह नगरपालिका–१ मा नेपाली काँग्रेसका वडाध्यक्षसहित प्यानलै नै विजयी भएको छ । यहाँको १ नं. वडाध्यक्षमा नेकाका तर्फबाट वडाध्यक्षका उम्मेदवार सुरेश श्रेष्ठ एक हजार १५९ मत ल्याई विजयी भएका छन् ।

श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार खड्क कटुवाललाई ३१८ मत अन्तरले पराजित गरे ।

आज बिहान वडा नं. १ को मतगणना सम्पन्न हुँदा प्रमुख र उपप्रमुखमा नेकाले अग्रता लिएको छ । प्रमुखमा नेकाले एक हजार ६८, उपप्रमुखमा एक हजार ७५ मत प्राप्त गरेको छ भने एमालेले प्रमुखमा ८८८ र उपप्रमुखमा ८७३ मत पाएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस