कञ्चनपुरको लालझाँडी गापा–६ मा माओवादी केन्द्र विजयी  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कञ्चनपुरको लालझाँडी गापा–६ मा माओवादी केन्द्र विजयी 


१६ असार २०७४, शुक्रबार


कञ्चनपुर । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा कञ्चनपुरमा नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ ।

जिल्लाका नौ स्थानीय तहका ९२ वडामध्ये सबैभन्दा पहिले नेकपा माओवादी केन्द्रले लालझाँडी गाउँपालिका–६ मा विजयी सुरुवात गरेको हो । नेकपा माओवादी केन्द्रका तर्फबाट लालझाँडी गाउँपालिका–६ का अध्यक्ष फुलाराम चौधरीसहित पूरै सदस्य प्यानल विजयी भएको छ ।

लालझाँडी गाउँपालिका मतदान अधिकृत हरिकृष्ण अवस्थीले माओवादी केन्द्रको प्यानल विजयी भएको बताए । उनका अनुसार माओवादी केन्द्रका वडाध्यक्ष चौधरीले सबैभन्दा बढी ३४१ मत ल्याई वियजी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जितराम चौधरीले ३१९ मत ल्याएका थिए ।

यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका–१ मा पूरै प्यानलसहित नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार रतनबहादुर शाही विजयी भएका छन् । वडा नं. १ को एक हजार ४४१ मत गणना हुँदा शाहीले ४८३ मत ल्याई विजयी भएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस