बाजुराको पाण्डवगुफा गाउँपालिकामा एमाले विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाजुराको पाण्डवगुफा गाउँपालिकामा एमाले विजयी


१६ असार २०७४, शुक्रबार


बाजुरा । स्थानीय तहको दोस्रो चरणको मत आउन थालेको छ । उत्तरी भेगको पाण्डवगुफा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार एमालेका जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाही विजयी भएको निर्वाचन अधिकृत प्रकाशराज पौडेलले बताए । उनका अनुसार शाही एक हजार ४५१ मत ल्याएर विजयी भए ।

यसैगरी, उनका प्रतिद्वन्द्वी नेकाका अध्यक्ष पदका उम्मेदवार सुन्दर विष्टले ९८९ मत ल्याए । गाउँपालिका उपाध्यक्षका एमालेकै ऐना गिरी विजयी भएकी छन् । गिरीले एक हजार ४९० मत ल्याएर विजयी भएकी हुन् ।

नेपाली काँग्रेसकी उपाध्यक्ष उम्मेदवार तारा रोकाया (डडाल)ले ९८७ मत पाएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । पौडेलले दिएको जानकारीअनुसार नेकपा एमालेले चार वडा जितेको छ भने नेकाले एक र माओवादी केन्द्रले एक वडा जितेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस