बाजुरा बूढीगङ्गा १– मा काँग्रेस विजयी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बाजुरा बूढीगङ्गा १– मा काँग्रेस विजयी


१६ असार २०७४, शुक्रबार


बाजुरा । बूढीगङ्गा नगरपालिका–१ मा नेपाली काँग्रेसको समूह नै विजयी भएको छ ।

काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार राजेश सिंहले ३३६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर सिंहले ३२१ मत प्राप्त गरेका बूढीगङ्गा नगरपालिकाका सहायक निर्वाचन अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए ।

बूढीगङ्गा नगरपालिका– १ मा काँग्रसका महिला सदस्य मोतिकला थापा, दलित महिला सदस्य सुर्जादेवी परी, खुला सदस्य ललित थापा र चक्र थापा विजयी भएका उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस