शिखर नगरपालिका– १ मा काँग्रेसको प्यानल विजयी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शिखर नगरपालिका– १ मा काँग्रेसको प्यानल विजयी


१५ असार २०७४, बिहिबार


डोटी । शिखर नगरपालिका– १ मा वडाध्यक्षसहित काँग्रेसको प्यानलै विजयी भएको छ ।

वडाध्यक्षमा काँग्रेसका खड्कबहादुर शाही ६३३ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेत्रबहादुर शाहीले ४०३ ल्याए । वडा सदस्यहरु पनि काँग्रेसबाट विजयी भएका छन् ।

सो वडामा एक हजार ४०५ मत खसेको थियो । नगरपालिकामा प्रमुखमा काँग्रेसका सीताराम जोशीले ६१९ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा काँग्रेसकी धौलीदेवी रावलले ६३६ मत प्राप्त गरेकी छिन् ।

एमालेबाट प्रमुखमा शेरबहादुर मल्लले ४५१ र उपप्रमुखमा राधिका बोहराले ४०६ मत प्राप्त गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस