डोटी । केआइसिंह गाउँपालिका–१ मा वडाध्यक्षसहित काँग्रेसको पूरै समूह विजयी भएको छ ।
वडाध्यक्षमा काँग्रेसका कृष्णबहादुर बम ३२४ र उनका निकटतम प्रतिद्वन्द्वी डबल तिरुवाले १५७ मत प्राप्त गरे । दलित महिला सदस्यमा सरु भुल ३२४, महिला सदस्यमा गीता शाही ३२१, खुला सदस्यमा देव कामी ३१७ र भक्त रावल ३१४ मत प्राप्त गरी विजयी भएका छन् । सो वडामा ८२४ मत खसेको थियो । रासस







