पुर्चौडी–१ मा काँग्रेस र पञ्चेश्वर–१ मा एमाले विजयी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पुर्चौडी–१ मा काँग्रेस र पञ्चेश्वर–१ मा एमाले विजयी


१५ असार २०७४, बिहिबार


बैतडी । पुर्चौडी नगरपालिका– १ मा वडाध्यक्षसहित काँग्रेसको पुरै प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा काँग्रेसका गणेशबहादुर गडाल ४२९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जनकबहादुर धानुकले ३६० मत ल्याए । दलित महिला सदस्यमा राधिका ओड ४२६, महिला सदस्यमा विन्देश्वरी जोशी ३८१, खुलासदस्यमा जगतसिंह भण्डारी ४११ र हिक्मत जागरी ४२४ मत प्राप्त गरी विजयी भए । सो नगरपालिकाको अहिले वडा नं. १० को मतगणना भइरहेको छ ।

पुर्चौडी नगरपालिकाको प्रमुखमा काँग्रेसका दीपकबहादुर बमले ४५९, माओवादी केन्द्रका रणबहादुर कुँवरले २८३ र एमालेका कर्णबहादुर कुँवरले १०९ मत प्राप्त गरेका छन् । उपप्रमुखमा काँग्रेसकी उत्तरा नेपाल सार्की ३८१, माओवादी केन्द्रकी जानकी ऐर बमले ३६४ र एमालेकी जानकी साउदले ६८ मत प्राप्त गरेकी छिन् ।

पञ्चेश्वर–१ मा एमाले विजयी

पञ्चेश्वर गाउँपालिका– १ को वडाध्यक्षमा नेकपा एमालेका रणबहादुर चन्द ४९२ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जमनसिंह साउदले ३२५ मत प्राप्त गरे । सो वडामा एमालेको प्यानल विजयी भएको छ । पञ्चेश्वरमा अहिले वडा नं. ६ को मतगणना भइरहेको छ ।

पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्दले ५४२, माओवादी केन्द्रका रमेशबहादुर चन्दले ३९८ र काँग्रेसका दिनेशबहादुर चन्दले ३१० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेका बिना भट्टले ५२८, माओवादी केन्द्रका मञ्जु चन्दले ४५२ र कांग्रेसका विन्दु चन्दले २८४ प्राप्त गरेका छन् ।

डिलाशैनी र सिगासमा मतगणना हुन सकेन

डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा मतगणना हुन सकेको छैन । सिगासमा मतपेटिका ढुवानी हुन बाँकी छ भने डिलाशैनीमा सर्वदलीय बैठक बस्न नसक्दा मतगणना हुन नसकेको जिल्ला निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिए ।

मेलौली नगरपालिका, पुर्चौडी नगरपािलका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा बुधवार रातिदेखि तथा दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकामा आज बिहानदेखि मतगणना सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ रासस

Tags :
प्रतिक्रिया दिनुहोस