काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशले कैलालीमा आफैंले बोकेको बम विस्फोटमा परी ज्यान गुमाएका युवा चन्द्र सिंहको मृत्युको जिम्मा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले लिनुपर्ने भन्दै सामाजिक सञ्जालबाट घटनाप्रसित निन्दा व्यक्त गरेको प्रति माओबादीका पूर्व जनसेनाका लडाकुले आक्रोस ब्यक्त गरेका छन् ।
तत्कालिन नेकपा माओवादीका पूर्व लडाकु बिवसकुमार सेजुवालले क. सनराइज को मृत्यु को जिम्मा बिप्लबले लिनु पर्छ भने माओवादी केन्द्र र प्रचण्डले द्वन्द्व कालमा ज्यान गुमायका हजारौको जिम्मेवारी लिनु पर्ने भन्दै आक्रोस पोखेका हुन् ।
उनले उमेरले परिपक्वता र राजनीतिक हिसाबले उत्तिकै दक्षता भएका ब्याक्ति एक कर्मठ योद्धा पार्टी कामको सिलसिलामा अचानक संयोग वस जीवन गुमाउन पुगेका भन्दै पार्टीको आधिकारिक धारणा आइसकेको अवस्थामा प्रकाशले यस्तो अभिव्यक्ति दिनु गैर जिम्मेवारी पूर्ण भएको आरोप लगाएका छन् ।
आफ्नो पार्टीले गरेका गलत कदमका विरुद्ध बेला बेलामा कलम चलाई रहने सेजुवालले प्रकाशको यस्तो अभिव्यक्ति गैर जिम्मेवार पूर्ण भन्दै आफ्नो फेसबुक वालमा पोष्ट गरेका छन् ।







