दाङमा दुई वडामा माओवादी केन्द्र विजयी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दाङमा दुई वडामा माओवादी केन्द्र विजयी


१५ असार २०७४, बिहिबार


दाङ । गढवा गाउँपालिका वडा नं. ८ मा नेकपा माओवादी केन्द्रको समूह विजयी भएको छ ।

अध्यक्षमा सद्धाम सिद्दिकी १०७ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै महिला सदस्यमा मनमाया गुरुङ, दलित महिला सदस्यमा विमला विक तथा सदस्यमा चन्द्रबहादुर विक र नारायणसिं थापा विजयी भएका छन् । कुल मतदाता ४९८ रहेकामा ३४७ मत खसेको थियो ।

त्यस्तै राप्ती गाउँपालिका वडा नं. ९ का अध्यक्षमा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर २०१ मतसहित पूरै समूह विजयी भएको छ । महिला सदस्यमा कुवाँरीदेवी कार्की, दलित महिला सदस्य देउकला कामी तथा सदस्यमा अलि महम्मद मियाँ र दधी बराल विजयी भएका छन् । सो वडामा कुल मतदाता ५८३ रहेकामा ४५७ मत खसेको थियो ।

त्यस्तै राप्ती, गढवा, राजपुर, बङ्गलाचुली, शान्तिनगर र दङ्गीशरण गाउँपालिकामा मतगणना भइरहेको छ ।

त्यस्तै घोराही र तुलसीपुर उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । दुई लाख ९१ हजार १७५ जना मतदाता रहेको दाङमा दुई लाख १८ हजार ३३९ अर्थात् ७४ दशमलव ९९ प्रतिशत मत खसेको निर्वाचन कार्यालय दाङले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस