दार्चुलामा काँग्रेसको विजयी सुरुवात « प्रशासन
Logo २० मंसिर २०७८, सोमबार
   

दार्चुलामा काँग्रेसको विजयी सुरुवात


१५ असार २०७४, बिहिबार


भीमदत्तनगर । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसले दार्चुलाको लेकम गाउँपालिकाबाट विजयी सुरुवात गरेको छ ।

लेकम गाउँपालिका– १ को वडाध्यक्षमा काँग्रेसका उम्मेदवार दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रसिंह बोहराले २९२ मत तथा नेकपा माओवादी केन्द्रका तारासिंह बोहराले २१३ मत प्राप्त गरे । सो वडामा कुल एक हजार ८० मत खसेको थियो ।

लेकम गाउँपालिकाको अध्यक्षमा काँग्रेसका उत्तम नाथले ३४९ मत, एमालेका परमानन्द जोशीले ३४८ तथा माओवादी केन्द्रका रामदत्त जोशीले अहिलेसम्म २४६ मत प्राप्त गरेका छन् ।

जिल्लाका अन्य नगरपालिका र गाउँपालिकामा पनि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी आनसिंह डाँगाले जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस