कोटहीमाईमा १६ गते मतदान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कोटहीमाईमा १६ गते मतदान


१४ असार २०७४, बुधबार


रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ मा असार १६ गते मतदान हुने भएको छ । उम्मेदवारको निधन भएपछि मतदान सारिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी होमनाथ गौतमले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रबाट वडा सदस्यको मनोनयन दर्ता गराएका मुरली मल्लाहाको शनिबार निधन भएको थियो । दम रोगबाट ग्रसित मल्लाहाको उपचारका क्रममा मृत्यु भएको हो । रुपन्देहीका अन्य स्थानमा भने आज नै मतदान हुँदैछ ।

जिल्लामा चार लाख ६२ हजार मतदाता रहेका छन् भने उम्मेदवार चार हजार ४२४ जना रहेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस