रोल्पाको धवाङमा अज्ञात व्यक्तिले मतपेटिका जलाए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रोल्पाको धवाङमा अज्ञात व्यक्तिले मतपेटिका जलाए


१४ असार २०७४, बुधबार


रोल्पा । जनता आधारभूत विद्यालय धवाङ रोल्पामा मतदानको क्रममा अज्ञात समूहले मतपेटिका जलाएका छन् ।

रोल्पा नगरपालिका–१० मा रहेको सो मतदान केन्द्रमा एक सय ५० वटा मत खसिसकेको थियो । मतदान भइरहेका बेला मतपेटिकामा अज्ञात व्यक्तिले लगाएको आगोबाट करिब १५ वटा मतपत्र जलेको सुरक्षा स्रोतले बताएको छ । उक्त मतदान केन्द्रमा हाल मतदान प्रक्रिया बन्द गरिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस