रोल्पामा उपप्रधानमन्त्री महराबाट मतदान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रोल्पामा उपप्रधानमन्त्री महराबाट मतदान


१४ असार २०७४, बुधबार


काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आफ्नो जन्मथलो रोल्पा नगरपालिका–१ बाट मतदान गरेका छन् ।

बिबामरुकस्थित मतदान केन्द्रमा रहेको मतदान केन्द्रमा गएर पहिलो मतदान गरेका उनका स्वकीय सचिव राहुल महराले जानकारी दिए ।

उक्त केन्द्रमा ७०५ मतदाता रहेका छन् । आज दोस्रो चरणको स्थानीय तहको निर्वाचन १, ५ र ७ नम्बर प्रदेशमा भइरहेको छ । यस निर्वाचनमा ६२ हजार ४०८ उम्मेदवार प्रतिस्पर्धामा छन् । रासस

प्रतिक्रिया दिनुहोस