साहित्यकार पौडेलको स्वास्थ्यमा सुधार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

साहित्यकार पौडेलको स्वास्थ्यमा सुधार


१२ असार २०७४, सोमबार


काठमाडौँ । मुटुको समस्या आएपछि अस्पताल पुगेका साहित्यकार ज्ञानुवाकर पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

गत मङ्गलबारदेखि मुटुको धड्कन असन्तुलित भएर समस्या आएपछि अस्पताल पुगेका पौडेलको छातीमा अहिले ‘पेस मेकर’ राखिएको छ । गजल तथा मुक्तककार एकहत्तर वर्षीय पौडेललाई यसअघि मुटुको समस्या नभए पनि एक्कासि सो समस्या आएको पौडेलकी श्रीमती त्रिपुराले जानकारी दिइन् ।

अहिले उनी चिकित्सकको निगरानीमा छन् । पौडेललाई डा. रवीन्द्र सिंखडाले उपचार गरिरहेका छन् । झन्डै एक हप्तापछि आइतबार पौडेललाई घर ल्याइएको परिवार स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस