४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भर्नामा योग्यताअनुसार शुल्क नलिएको भन्दै विरोध

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका निजी मेडिकल कलेजले निर्धारण भइसकेको शुल्क कार्यान्वयनमा अवरोध गर्दै योग्यता सूची (मेरिट) अनुसार भर्ना नलिएकामा सर्वत्र विरोध भइरहेको छ ।

त्रिविअन्तर्गतका निजी मेडिकल कलेजले स्नातकोत्तर तह (पिजी) कोटामा सरकारले तोकेको भन्दा बढी शुल्क लिएर विद्यार्थी भर्ना गर्न थालेपछि चौतर्फी विरोध बढेको हो ।

डाक्टर्स सोसाइटी अफ नेपाल (डिएसओएन)ले विज्ञप्ति जारी गर्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को योग्यता सूचीअनुसार शुल्कमा भर्ना नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

डिएसओएनका कार्यवाहक अध्यक्ष डा. कालुसिंह खत्री र कार्यवाहक महासचिव डा तोसिमा कार्कीले विज्ञप्तिमार्फत तोकेकोभन्दा बढी शुल्क लिए आन्दोलन गर्ने बताएका छन् । नेपाल मेडिकल परिषद्ले निर्धारित शुल्क निर्देशनलाई अटेर गरे आन्दोलनबाट हुने क्षतिको जिम्मेवार निजी मेडिकल कलेज, त्रिवि परिषद् र आइओएम हुने खत्रीले बताए ।

निजी मेडिकल कलेजले त्रिवि परिषद्द्वारा शुल्क लागू गर्न बहानाबाजी गर्दै कार्यान्वयन नगरेको र योग्यताअनुसार भर्ना हुन जाने चिकित्सकलाई भर्ना नलिएको बताइएको छ । डाक्टर्स सोसाइटी अफ नेपालले चिकित्साशास्त्र अध्ययन संस्थान, त्रिवि परिषद्को ध्यानाकर्षण गराउँदै चिकित्साशास्त्र डीन कार्यालयले वैशाख २९ र ३० गते तथा काउन्सिलले असार ८ गते योग्यताका आधारमा भर्ना लिनु भनी सूचना जारी गर्दै निर्देशन दिएको थियो ।

जेठ ८ गते नेपाल मेडिकल काउन्सिलले मेरिट लिस्टअनुसार भर्ना लिन दिएको निर्देशनसमेत निजी कलेजले उल्लङ्घन गरेकामा डिएसओएनले आपत्ति जनाएको छ ।

काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजमा शुल्क र भर्नाको समस्या समाधान भइसक्दा पनि त्रिविबाट सम्बन्धन प्राप्त निजी कलेजमा उच्च अङ्क ल्याउने विद्यार्थीलाई भन्दा बढी पैसा तिर्नेलाई भर्ना लिने समस्या दोहोरिइरहनुमा निर्णायक निकाय त्रिवि परिषद् र आइओएमको कमजोरी भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस