Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रसूति गृहको सेवा सहज बनाउन सौर्य प्रणाली


११ असार २०७४, आइतबार


काठमाडौँ । बिजुलीको वैकल्पिक व्यवस्था गरेर अस्पतालले दिने सेवालाई अझ प्रभावकारी बनाउन थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले सौर्य प्रणाली जडान गर्ने भएको छ ।

देशकै सबैभन्दा धेरै शिशुले जन्म लिने अस्पताल थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले २५ लाखको लागतमा सोलार जडान गर्ने भएको हो ।

अस्पतालमा हरेक दिन ६० भन्दा बढी सुत्केरी हुन्छन् । तीमध्ये कतिपयको शल्यक्रिया गर्नुपर्ने अवस्था हुन्छ । अन्य स्त्री रोगको उपचार गर्दा शल्यक्रियासमेत गर्नुपर्ने भएकाले वैकल्पिक बिजुलीका लागि १५ किलोवाटको सौर्य प्रणाली जडान गर्न लागिएको अस्पतालका वरिष्ठ लेखा अधिकृत चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

“कहिलेकाहीँ भोल्टेज कम हुँदा समस्या हुन्छ, सौर्य प्रणाली भएपछि शल्यक्रियाका सामान निर्मलीकरण गर्न तथा शल्यकक्ष र अन्य अत्यावश्यक ठाउँमा बत्तीको व्यवस्था हुन्छ”– उनले भने ।

सौर्य प्रणाली जडानका लागि सबै काम पूरा भइसकेको छ । यो महिनाको अन्तिममा सबै काम सकिएर सञ्चालनमा आउने अस्पतालले जनाएको छ ।

अस्पतालले हरेक महिना बिजुलीका लागि करिब रु छ लाख विद्युत् प्राधिकरणलाई बुझाउँदै आएको छ । यो रकम जाडो महिनामा ११ लाखभन्दा बढी हुने वरिष्ठ लेखा अधिकृत गुरुङले बताए । उनले भने, “कहिल्यै पनि बिजुलीको शुल्क बक्यौता राख्दैनौँ, अस्पतालमा बिजुलीको समस्या नहोस् भनेर नयाँ जेनेरेटर ल्याएका छौँ ।” रासस

Tags :
प्रतिक्रिया दिनुहोस