मङ्सिर १५ गतेभित्र एकै चरणमा प्रदेश र संसद्को निर्वाचन हुनुपर्छ- नेता नेपाल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मङ्सिर १५ गतेभित्र एकै चरणमा प्रदेश र संसद्को निर्वाचन हुनुपर्छ- नेता नेपाल


११ असार २०७४, आइतबार


विराटनगर । नेकपा एमालेका नेता माधवकुमार नेपालले स्थानीय निर्वाचनपछि संविधान संशोधन गर्ने विषयमा दलहरुबीच सहमति नभएको बताएका छन् ।

आइतबार सञ्चारकर्मीसँगको भेटमा उनले आगामी असोज २ गतेको स्थानीय निर्वाचन पछाडि नेपाली काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राजपाबीच संविधान संशोधनका विषयमा छलफल गरिने स्पष्ट पारे ।

पूर्वप्रधानमन्त्री नेपालले लोकतन्त्रमा जनता नै सर्वोपरि भएको बताउँदै राजपाले लनिर्वाचनमा जान विभिन्न सर्त राख्नु गलत भएको धारणा व्यक्त गरे । उनले राजपाका एक–दुई नेताको ढिपीका कारण स्थानीय निर्वाचनमा दलीय रुपमा सहभागी नभएको आरोप लगाए । उनले आगामी मङ्सिर १५ गतेभित्र एकै चरणमा प्रदेश र संसद्को निर्वाचन गराउन निर्वाचन आयोग लाग्नुपर्नेमा जोड दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस