५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिपीआर इँटा उद्योगबाट ४५ जना भारतीय मजदुरको उद्धार

अ+ अ-

राजविराज । सप्तरीको पत्थरगाडास्थित डिपीआर इँटा उद्योगमा काम गर्ने ४५ जना भारतीय मजदुरलाई आज उद्धार गरिएको छ ।

बिना कुनै ज्याला र मजदुरी नदिई बन्धक बनाएर श्रम गराएको भन्दै भारतको सरकारी पक्षबाट गुनासो आएपछि उनीहरुलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

इँटा उद्योगका मालिकले मजदुरहरुलाई कुनै किसिमको ज्याला नदिई काम गराइरहेको भन्दै यहाँबाट भागेर गएका एक मजदुरले स्थानीय भारतीय प्रशासनमा उजुरी दिएपछि भारतीय पक्षले भारतीय दूतावासमार्फत पत्राचार गरेर सप्तरी प्रशासनलाई उद्धारका लागि आग्रह गरेको थियो । त्यसैको आधारमा सप्तरी प्रहरीले उनीहरुलाई उद्धार गरेको जनाएको छ ।

इँटा उद्योगका मालिकले तिनीहरुलाई काम गराउन ल्याउने ठेकेदार भारतकै विनोद रामले उनीहरुको तलब बापतको रकम लिएर गएको बताएको छ । भारतको वारिसलीगन्ज क्षेत्रका मजदुरलाई सोही क्षेत्रका रामले काम लगाइदिने भन्दै उनीहरुलाई यहाँ ल्याएका थिए ।

केही दिन काम गरेपछि मजदुरहरुले ज्याला माग्न थालेका थिए । तर इँटा उद्योग मालिकले ठेकेदार रामले रकम लिएर गएको र नर्फकेसम्म रकम दिन नसकिने बताएका थिए ।

भारतीय नागरिक बिजुली माझी, उनका ९ वर्षीय छोरा पवन माझी, १५ वर्षीया बालिका सुगमनमाकुमारी, कान्तिदेवी, कुन्दन कुमारसहित ४५ जना मजदुरलाई उद्वार गरी जिल्ला प्रहरी कार्यालय राजविराज ल्याइएको र उनीहरुलाई भारतीय प्रहरीको जिम्मा लगाउने प्रक्रिया अगाडि बढाइएको सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले बताए । रासस

प्रतिक्रिया दिनुहोस