दमकल गाडी तोडफोड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दमकल गाडी तोडफोड


९ असार २०७४, शुक्रबार


भद्रपुर । आगो निभाउन आएका भद्रपुर नगरपालिकाका दमकलमा तोडफोड भएको छ ।

गएराति करिव ९ बजे आगो लागेको सूचनाका आधारमा गएको सो दमकललाई केही उछृङ्खल युवाले ढुंगा हानेर अगाडिको सिसा तोडफोड गरेको भद्रपुर नगरपालिकाका दमकल शाखाले जनाएको छ । तोडफोडका क्रममा एक जना कर्मचारीलाई चोटपटक पनि लागेको छ ।

स्थानीय लेखनाथ चोकमा बिजुलीको खम्बामा बिजुली सर्ट भई आगो लागेको थियो । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस