संविधान कार्यान्वयन गर्न निर्वाचन आवश्यकः महासचिव पोखरेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संविधान कार्यान्वयन गर्न निर्वाचन आवश्यकः महासचिव पोखरेल


९ असार २०७४, शुक्रबार


विराटनगर । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयन र सिंहदरबारको अधिकार जनताको हातमा पुर्याउनका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन् ।

प्रेस चौतारी मोरङद्वारा शुक्रबार विराटनगरमा अयोजित पत्रकार भेटघाटमा उहाँले दोस्रो चरणअन्तर्गत हुने निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु राजनीतिक दललगायत सम्बन्धीत सबै पक्षको साझा दायित्व हो भने ।

महासचिव पोखरेलले निर्धारित समयभित्रै तीनवटै तहको निर्वाचन गराउनुपर्ने उल्लेख गर्दै स्थानीय सरकार बनेपछि मात्र सिंहदरबारको अधिकार जनताको हातमा पुग्ने विश्वास व्यक्त गरे ।

पहिलोचरणको तुलनामा दोस्रो चरणको निर्वाचनमा एमालेले अझ राम्रो गर्ने विश्वास व्यक्त गर्दै उनले प्रदेश नं. २ को निर्वाचनको मिति सार्ने काम गैरजिम्मेवारपूर्ण भएको बताए ।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले द्वन्द्वपीडितलाई राहतको नाममा ६ अर्ब वितरण गरेर सरकारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाए ।

यी घटनालगायत अन्य आचारसंहिता उल्लङ्घनको विषयमा एमालेले निर्वाचन आयोग र सरकारलाई ध्यानाकर्षण गराएको पनि बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस