वर्षाका कारण घर भत्कियो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वर्षाका कारण घर भत्कियो


९ असार २०७४, शुक्रबार


धुलिखेल । मुसलधारे पानी परेका कारण काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका वडा नं. ५ का डोल्मो लामाको घर भत्किएको छ ।

बिहीबार राति परेको मुसलधारे पानीले घरको जगसम्म भिजेर माटो गलेका कारण घर भत्किएको पीडितले बताएका छन् ।

“राति ठूलो पानी परेर घरको जगसम्म पानीले भिजेर गलेको रहेछ, बिहान घर ढल्न थालेको भन्दै गाउँले सबैलाई टेको थाप्नका लागि सहयोग गर्नुपर्यो भनेर बोलाउनुभएको थियो” – स्थानीय काल्साङ लामाले भने– “हामी पुग्दा घर भत्किसकेको रहेछ ।”

लामाकाअनुसार घर भत्किँदा अन्नपात र भाँडाकुँडा सबै पुरिएको छ । घरको एकपट्टिको सबै भाग भत्किएका कारण करिब तीन लाख बराबरको क्षति भएको लामाले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस