काभ्रेपलाञ्चोकमा आठ हजार ५८९ मत बदर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काभ्रेपलाञ्चोकमा आठ हजार ५८९ मत बदर


९ असार २०७४, शुक्रबार


बनेपा । काभ्रेपलाञ्चोकको विभिन्न नगरपालिका तथा गाउँपालिकामा आठ हजार ५८९ मत बदर भएको छ ।

पहिलोचरणमा गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा कुल एक लाख ८५ हजार ८३ मत खसेकामा एक लाख ७६ हजार ४९५ मत सदर भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकरप्रसाद पोखरेलले जानकारी दिए ।

मतदातामा चेतनाको अभाव, मतपत्र ठूलो र झन्झटिलो र मतदाता शिक्षा प्रभावकारी नभएका कारण पनि बदर मत सङ्ख्या बढेको हुनसक्छ उनले भने ।

सबैभन्दा बढी बनेपा नगरपालिकामा २५ हजार ६२१ मत खसेकामा दुई हजार १७५ मत बदर भएको थियो भने सबैभन्दा कम खानीखोला गाउँपालिकामा पाँच हजार ६१७ मत खसेकामा ६६ मत मात्रै बदर भएको थियो ।

त्यस्तै रोशी गाउँपालिकामा १२ हजार १५६ मत खसेकामा २५९ मत, बेथानचोक गाउँपालिकामा नौ हजार २७२ मत खसेकामा ५५२ मत, पाँचखाल नगरपालिकमा १८ हजार ७७२ मत खसेकामा एक हजार १४४ मत, पनौती नगरपालिकमा २५ हजार ४७५ मत खसेकामा एक हजार ६४५ मत, भूम्लु गाउँपालिकामा नौ हजार ७६८ मत खसेकामा २८५ मत बदर भएको थियो ।

महाभारत गाउँपालिकामा ६ हजार ५१५ मत खसेकामा ३८० मत, मण्डनदेउपुर नगरपालिका १७ हजार ८९९ मत खसेकामा ९३९ मत, नमोबुद्ध नगरपालिकामा १५ हजार ४५ मत खसेकामा ४४३ मत, धुलिखेल नगरपालिकामा १६ हजार ७४१ मत खसेकामा १९७, चौरी देउराली गाउँपालिकमा १० हजार ६४३ मत खसेकामा ३०५, तेमाल गाउँपालिकामा ११ हजार ५५९ मत खसेकामा २०२ मत बदर भएको सो कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

सात गाउँपालिका र ६ नगरपालिका रहेको जिल्लामा दुई लाख ३० हजार ८४९ मतदाता छन् । रासस

प्रतिक्रिया दिनुहोस