ट्रकको ठक्करबाट बालकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ट्रकको ठक्करबाट बालकको मृत्यु


६ असार २०७४, मंगलबार


बर्दिवास । बर्दिवास– ३ पाटुमा सोमबार ट्रकको ठक्करबाट बर्दिवास– ३ बस्ने घनश्याम थापाका छवर्षीय छोरा आदित्य थापाको मृत्यु भएको छ ।

घर नजिकै रहेको एक निजी विद्यालय अगाडि खेलिरहेका बालक अचानक बर्दिवास–सिन्धुली सडकखण्डमा पुगेपछि बर्दिबासबाट सिन्धुली जाँदै गरेको ना ४ख ४२९५ नं.को ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालकको मृत्युपछि आफन्त तथा स्थानीयवासीले बर्दिवास–सिन्धुली सडकखण्ड साँझ ५ बजेदेखि अवरुद्ध गरेपछि स्थानीयवासी र प्रहरीको सहयोगमा गए राति ९ बजेदेखि पुनःसञ्चालन भएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस