अफगानिस्तानमा बम विस्फोटमा आठजना मारिए « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अफगानिस्तानमा बम विस्फोटमा आठजना मारिए


२ असार २०७४, शुक्रबार


अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा शुक्रबार विहान सर्वसाधारण यात्रा गरिरहेको एक सवारी साधनमा विस्फोटक पदार्थ ठोकाएर गराइएको दुर्घटनामा चार अफगान नागरिकको मृत्यु भएको छ ।

लाघमान प्रान्तको अलिन्गारमा स्थानीय समयाअनुसार बिहानै ५ः३० मा सो दुर्घटना भएको समाचमरा जनाइएको छ ।

निर्माधीन इलाकातर्फ गइरहेको सो सवारी साधन बमसँग ठोकिएको प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा तालिवान आतङ्ककारी समूहले यो आक्रमण गराएको भन्दै यसको निन्दा गरिएको छ ।

यसैगरी शुक्रबार अफगानिस्तानको राजधानी काबुलको पश्चिमी भागमा रहेको सिया मस्जिदलाई लक्षित गरी एक आतङ्ककारी आक्रमण गरिएको छ ।

सो आक्राण्मा एकजना प्रहरीसहित चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य चार सर्वसाधारण र चार प्रहरी घाइते भएका छन् ।

अफगानिस्तानमा यस वर्षको सुरुदेखि तीन महिनाभित्र भएका विभिन्न आतङ्ककारी घटनामा परी ७१५ सर्वसधारणको मृत्यु भएको छ भने एक हजार ४६० जना घाइते भएका छन् । रासस÷सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस