राजपाका कार्यकर्ता प्रहरी नियन्त्रणमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजपाका कार्यकर्ता प्रहरी नियन्त्रणमा


२ असार २०७४, शुक्रबार


विराटनगर । विराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालयमा तालाबन्दी गर्न गएका राष्ट्रिय जनता पार्टीका १४ जना कार्यकर्तालाई आज पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सो पार्टीका जिल्ला संयोजक मोहम्मद कादिर, केन्द्रीय सचिव जगदीश अधिकारीका साथै केन्द्रीय सदस्य चन्द्रप्रसाद राजवंशी, राजीव केसीलगायत छन् ।

सो पार्टीका कार्यकर्ताले पूर्वनिर्धारित कार्यक्रमअनुसार क्षेत्रीय निर्वाचन कार्यालयमा तालाबन्दी गर्न जाँदा प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई यतिखेर वडा प्रहरी कार्यालयमा राखिएको सो पार्टीले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस