विर्तामोड नगरका लागि सङ्घीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी घोषणा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विर्तामोड नगरका लागि सङ्घीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी घोषणा


२ असार २०७४, शुक्रबार


झापा । सङ्घीय समाजवादी फोरम नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा विर्तामोड नगरपालिकाका प्रमुखसहितका पदमा उम्मेदवारी घोषणा गरेको छ ।

सो पार्टीले शुक्रबार विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी नगरभित्र रहेका सडकको स्तरोन्नती गर्ने, मापदण्ड पूरा भएका सडकको कालोपत्रे गर्ने, नगरमा कृषि, पशुपालन, फलफूलमा आधारित व्यावसायिक खेतीको विकास र विस्तार गर्ने तथा उन्नत बीउबीजनका लागि कृषि सामग्री र बजारको व्यवस्था गर्ने लगायतका ११ बुँदे प्रतिबद्धतासहित नगरप्रमुखलगायत पदका लागि उम्मेदवारी घोषणा गरेको हो ।

विर्तामोड नगरपालिकाको प्रमुखमा पदमबहादुर तामाङ र उपप्रमुखमा चीजा राईलाई उम्मेदवार बनाएको सो पार्टीका वैकल्पिक केन्द्रीय उपाध्यक्ष कृष्णउदाश भरतले बताए ।

यसैगरी विर्तामोड नगरपालिकाका वडा अध्यक्षहरुमा क्रमशः वडा नं. १ मा रिनामाया तामाङ, ३ मा हरिनारायण चौधरी, ४ मा रामनारायण चौधरी, ५ मा तीलबहादुर राई, ६ मा वीरेन मेचे र वडा नं. १० मा लक्ष्मी देवानलाई उम्मेदवार बनाइएको उनले जानकारी दिए ।

सो अवसरमा पार्टीका वैकल्पिक केन्द्रीय उपाध्यक्ष भरतले भने–“नगरमा रहेका नगरवासीलाई निःशुल्क स्वास्थ्य र शिक्षाको व्यवस्थासहित सर्वसुलभ स्वास्थ्य बिमा सबैको गर्ने र घर÷घरमा रोजगारीको अवसर सिर्जना गर्दै समृद्ध विर्तामोड निर्माणका लागि पार्टीले उम्मेदवारी दिएको हो ।” रासस

Tags :
प्रतिक्रिया दिनुहोस