वाग्मती सफाइ महाअभियान दूतमा नायिका मनिषा कोइराला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वाग्मती सफाइ महाअभियान दूतमा नायिका मनिषा कोइराला


१ असार २०७४, बिहिबार


काठमाडौँ । वाग्मती सफाइ महाअभियानको सद्भावना दूतमा नायिका मनिषा कोइराला मनोनीत भएकी छिन् ।

सहरी विकास मन्त्रालयको प्रस्तावमा महाअभियानको बिहिबार बसेको साप्ताहिक बैठकले नायिका कोइरालाको नाम अनुमोदन गरेको सफाइ अभियानकर्मी उमेश बोहराले बताए । कोइराला यही असार ३ गते सञ्चालन हुने २१४औँ हप्ताको सफाइ कार्यक्रमदेखि सहभागी हुने महाअभियानले जनाएको छ ।

नायिका कोइरालालाई सद्भावना दूतको प्रस्ताव पूर्वसहरी विकासमन्त्री अर्जुननरसिंह केसीले राखेका थिए । आगामी शनिबारको सफाइ त्रिपुरेश्वरमा हुने भनिएकामा थापाथली पुलमा गरिने भएको छ ।

वि.सं. २०७० जेठ ५ गते शनिबारदेखि हप्तामा एक पटक वाग्मती सफाइ हुँदै आएको छ । यहाँबाट प्रभावित भएर हाल देशका २६ स्थानमा सफाइ अभियान सुरु भएको महाअभियानले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस