स्कुल बसको ठक्करबाट पैदलयात्रुको मृत्यु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

स्कुल बसको ठक्करबाट पैदलयात्रुको मृत्यु


३१ जेष्ठ २०७४, बुधबार


बस दुर्घटना

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–४ गौशालामा स्कुल बसको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ ।

बा ३ ख २८१५ नम्बरको विद्या न्याय स्कुलको बसले आज बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने दुई वर्षीय बालक आयुष मोक्तानको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका मोक्तानको उपचारार्थ नेपाल मेडिकल कलेज अत्तरखेल लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस