२ र ५ नम्बर प्रदेशको चुनाव सार्ने प्रधानमन्त्रीको प्रस्ताव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२ र ५ नम्बर प्रदेशको चुनाव सार्ने प्रधानमन्त्रीको प्रस्ताव


प्रशासन विशेष ब्युरो

३० जेष्ठ २०७४, मंगलबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्बर २ र ५ को चुनाव सार्ने प्रस्ताव राखेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको प्रमुख दलहरुको बैठकमा प्रधानमन्त्री देउवाले राजपाले चुनावमा भाग लिने लिखित बाचा गरे चुनाव सार्ने प्रस्ताव राखेका हुन् ।

यदि यसरी चुनाव सार्ने हो भने आयोग नै गठन गरेर स्थानीय तहको संख्या बढाउने विकल्प समेत अघि सारेका छन् ।

तर, प्रमुख विपक्षी दल नेकपा एमालेले चुनाव सार्ने प्रधानमन्त्रीको प्रस्ताव ठाडै अस्वीकार गरेको छ । स्थानीय तहको संख्या बढाउन आयोग गठन गर्ने प्रस्तावको पनि सत्तारुढ गठवन्धनबाटै विरोध भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस