Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आर्थिक समृद्धि र विकासमा जुट्न आग्रह: मुख्य सचिव डा. सुवेदी


३० जेष्ठ २०७४, मंगलबार


पोखरा । मुख्य सचिव डा. सोमलाल सुवेदीले आफु निर्वाचित भएका स्थानीय तहको आर्थिक समृद्धि र विकासमा जुट्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

प्रदेश नं. ४ का निर्वाचित प्रमुख, उप–प्रमुख, अध्यक्ष तथा उपाध्यक्षको आजदेखि पोखरामा सुरु भएको स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरणको शुभारम्भ गर्दै उनले अब भाषण गरेर होइन, प्रतिफल आउने गरी काम गर्नुपर्ने बेला आएको छ भने ।

मुख्य सचिव डा. सुवेदीले काम गर्ने तौरतरिकालाई फरक ढङ्गले सोच्नुपर्ने बताउँदै कानुनले दिएको अधिकारभित्र रही जिम्मेवार र जवाफदेही भएर नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो क्षमता र कार्यकुशलता प्रदर्शन गर्ने बेला आएको धारणा व्यक्त गरे ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै देशले भोग्दै आएको सङ्क्रमणकाल पनि छोटिँदै जानेमा आफू विश्वस्त रहेको चर्चा गर्दै उनले सीमित स्रोतसाधनको परिचालनबाट जनतालाई धेरै फाइदा दिने खालका विकास योजना अगाडि बढाउन आग्रह गरे ।

महालेखा परीक्षक टङ्कमणि शर्माले निर्वाचित जनप्रतिनिधिले सुशासनको अनुभूति दिने गरी काम गर्नुपर्नेमा जोड दिए ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा यस प्रदेश अन्तर्गतका एक महानगर, २६ नगरपालिका र ५८ गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी १७० जनाको सहभागिता छन् ।

अभिमुखीकरण कार्यक्रममा सहभागी जनप्रतिनिधिलाई चार समूहमा विभाजन गरी प्रशिक्षण दिइरहेको छ । समूह एकलाई होटल बाराही, समूह दुईलाई टुकी रिसोर्ट, समूह तीनलाई होटल ल्यान्डमार्क र समूह चारलाई होटल द यात्रामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव गुरुप्रसाद सुवेदीले जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस