तोकिएको समयमै निर्वाचन हुन्छ– प्रमुख निर्वाचन आयुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तोकिएको समयमै निर्वाचन हुन्छ– प्रमुख निर्वाचन आयुक्त


३० जेष्ठ २०७४, मंगलबार


काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले असार १४ गतेको निर्वाचन जसरी पनि हुने बताएका छन् ।

रिपोर्टर्स क्लबमा मंगलबार भएको कार्यक्रममा बोल्दै डा.यादवले तोकिएको मितिमा चुनाव हुन्छकी हुँदैन भनेर ढुकचुक नहुन र चुनावको विपक्षमा नबोल्न आग्रह गरेका छन् ।

दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी तिव्र गतिमा भैसकेको बताउँदै यादले मुलुक निर्वाचनमा गइसकेकाले, २ गते मनोनयन हुने, १४ गते निर्वाचन हुने र आयोग अब निर्वाचनबाट एक ईन्च पनि ब्याक नहुने बताएका छन् ।

चारवटै प्रदेशमा एकै चरणमा निर्वाचन हुने बताउदै यादवले यसको तयारीमा आयोग जुटिरहेको बताए ।” सबै जिल्लामा निर्वाचन सामग्री पु‍र्याईसकिएको र निर्वाचनको तयारी पूरा भैसकेको छ ।

साथै अब स्थानीय तहको संख्या थप भएमा निर्वाचन गर्न नसकिने बताउदै ४६१ स्थानमा एकै चरणमा निर्वाचन हुने र आयोगका सबै कर्मचारी मुख्य निर्वाचन अधिकृतदेखि अन्य कर्मचारीहरु ४६१ निर्वाचन क्षेत्रमा पुगिसकेको समेत बताए ।

कार्यक्रममा बोल्दै निर्वाचन बहिष्कार गर्ने दलहरुलाई जनताको मत हाल्ने अधिकार कुण्ठित नगर्न समेत यादवले आग्रह गरेका छन् । साथै प्रमुख निर्वाच आयुक्त यादवले सरकारले अहिलेसम्म निर्वाचन सानुपर्छ भनेर आधिकारिक रुपमा आयोगलाई नभनेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस