चट्याङ लागेर दुई विद्यार्थी गम्भीर घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चट्याङ लागेर दुई विद्यार्थी गम्भीर घाइते


२९ जेष्ठ २०७४, सोमबार


झापा । हावाहुरीसँगै परेको चट्याङ लागेर दमक नगरपालिकामा दुई विद्यार्थी गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा दमक नगरपालिका–१ का मनसुर राईका १४ वर्षीय छोरा सुजन राई र सोही स्थानका मुक्तिप्रसाद राईका १२ वर्षीय छोरा विशाल राई रहेका छन् । उनीहरुको संवेदनशील अङ्ग अण्डकोषमा चट्याङको झट्का लागेका उनीहरुको दमकस्थित लाइफलाइन अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, दमकले जनाएको छ ।

स्थानीय भृकुटी आधारभूत विद्यालयमा अध्ययनरत उनीहरु आइतबार बेलुका घर फर्किँदै गर्दा चट्याङ लागेर घाइते भएका हुन् । पानी परेपछि रुखमा ओत लागेर बसेको अवस्थामा उनीहरुमाथि चट्याङ खसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस