तोकिएकै समयमा निर्वाचनः प्रमुख आयुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तोकिएकै समयमा निर्वाचनः प्रमुख आयुक्त


२९ जेष्ठ २०७४, सोमबार


सप्तरी । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको दोश्रो चरणको निर्वाचन यही असार १४ गते तोकीएको मितिमा हुने बताएका छन् ।

आइतबार विभिन्न राजनैतिक दल र नेता तथा कार्यकता र स्थानीय प्रशासन, सुरक्षार्मी, उद्योगी तथा व्यापारीसँगको छलफलमा उहाँले निष्पक्ष निर्वाचनका लागि सबैको सहयोग आवश्यक रहेको बताए । सप्तरी उनको गृह जिल्ला पनि हो ।

आफ्नो माग पुरा नगरी निर्वाचनमा जान नहुने माग गर्दै राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले प्रमुख आयुक्तलाई कालो भण्डा देखाइ विरोध गरेका थिए । सो क्रममा प्रहरी र ती कार्यकर्ताबीच झडप समेत भएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस