नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष झामाथि आक्रमण प्रयास « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष झामाथि आक्रमण प्रयास


२९ जेष्ठ २०७४, सोमबार


काठमाडौँ । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झामाथि आइतबार साँझ अनामनगरमा अज्ञात समूहले आक्रमणको प्रयास गरेको छ ।

बेलुका ६ बजेतिर कार्यालयबाट घर फर्कँदै गर्दा मदन भण्डारी मेमोरियल कलेज नजिक मोटरसाइकलमा आएका केही युवाले उनी सवार बा ६ च ५६१६ को गाडीमा आक्रमण गरेका थिए ।

‘मेरो गाडीमा उनीहरुले एकाएक रडले प्रहार गरे, गाडीमा पुरै क्षति भएको छ, पछाडीको भाग र सिसाहरू फुटेको छ”–अध्यक्ष झाले भने । उनले घटाबारे आफूले प्रहरीलाई जानकारी गराएको बताए । रासस

प्रतिक्रिया दिनुहोस