निर्धारित मितिमै निर्वाचन हुन्छः उपप्रधानमन्त्री गच्छदार « प्रशासन
Logo १२ मंसिर २०७८, आइतबार
   

निर्धारित मितिमै निर्वाचन हुन्छः उपप्रधानमन्त्री गच्छदार


२८ जेष्ठ २०७४, आइतबार


विराटनगर । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आइतबार अपराह्न पत्रकारसँगको कुराकानीमा उनले निर्वाचनको मिति नसर्ने र राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउन सरकार हरसम्भव प्रयासरत रहेको जानकारी गराए । निर्वाचनलाई सार्थक बनाउन निर्वाचनसम्बन्धी केही प्रावधानलाई सहज बनाउन सरकार लागि परेको उल्लेख गर्दै उनले निर्वाचन आयोगको सहमतिमा निर्वाचनसम्बन्धी ऐन, नियमलाई थप सहज बनाएर सबै पक्षलाई निर्वाचनमा सहभागी गराउने प्रयास भइरहेको स्पष्ट पारे ।

उनले संविधानलाई सर्वस्वीकार्य बनाउन निर्वाचनपछि दलको सहमतिमा संविधान संशोधन प्रक्रियाअघि बढ्ने बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस