नेपाली दूतावास अबुधावीको नयाँ वेबसाइट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाली दूतावास अबुधावीको नयाँ वेबसाइट


२८ जेष्ठ २०७४, आइतबार


काठमाडौँ । नेपाली राजदूतावासले नेपालको आफ्नो परिचय देखिने गरी वेबसाइट सञ्चालन गर्ने व्यवस्थाअनुसार नेपाली दूतावास अबुधावीले आजबाट नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल सरकारको आधिकारिक डोमेन  gov.np  मा आफ्नो नयाँ वेबसाइट सञ्चालनमा ल्याएको हो । साविकमा रहेको वेबसाइट  www. nepalembassyuae.org विस्थापित गरी नयाँ वेबसाइट  ae.nepalembassy.gov.np सञ्चालनमा ल्याएको हो ।

दूतावासबाट प्रदान गरिने सेवा सुविधा, सूचना तथा सन्देश तथा अन्य गतिविधि सोही वेबसाइटमा अध्यावधिक गरिएको तथा आवश्यकताअनुसार नियमित गरिनेसमेत विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस