डम्बर कुमारी–गणेश आख्यान पुरस्कार डा. वीणा हाङ्खिमलाई « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

डम्बर कुमारी–गणेश आख्यान पुरस्कार डा. वीणा हाङ्खिमलाई


२८ जेष्ठ २०७४, आइतबार


काठमाडौं । डम्बर कुमारी–गणेश साहित्य प्रतिष्ठान काठमाडौले यो बर्षको डम्बर कुमारी–गणेश आख्यान पुरस्कार दार्जिलिङकी साहित्यकार,आख्यानकार एवम् समालोचक डा. वीणा हाङ्खिमलाई प्रदान गरेको छ ।

नेपाली भाषा–साहित्यको क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै हाङखिमलाई पुरस्कृत गरिएको हो ।

विगत लामो समय देखि नेपाली भाषा–साहित्यको श्रीवृद्धिका लागि सदैव समर्पित रहेर महत्वपूर्ण योगदान पुर्याउनुहुने साहित्यिक साधक विणा हाङखिमलाई पुरस्कृत गर्न पाउदाँ निकै खुसि छौं प्रतिष्ठानकी अध्यक्ष मन्दिरा मधुश्रीले भनिन् –विशेष गरी आख्यानको क्षेत्रमा विशेष योगदान पुर्याउने साहित्यिक साधकलाई यो पुरस्कार दिइन्छ ।

वरिष्ठ कथाकार माया ठकुरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विशिष्ठ अतिथि प्रा.डा. गोबिन्द भट्टराईले पुरस्कृत हाङखिमको योगदानका बारेमा प्रकास पारेका थिए ।

पन्ध्र हजार एक रुपैयाँ रासिको उक्त पुरस्कार समावेसी तरिकाले एकपटक पुरुष आख्यानकार र अर्कोपटक महिला आख्यानकारलाई अर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।

मधुश्रीले माता पिताको ६१ औं बैवाहिक वर्ष उत्सव पारेर स्थापना गरेको गणेश साहित्य प्रतिष्ठानले पहिलो सम्मान आख्यानकार तथा समालोचक प्रा. मोहन राज शर्मालाई प्रदान गरि सकिएको छ ।

प्रतिक्रिया दिनुहोस