२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अत्याधुनिक कभर्डहलको निर्माण सम्पन्न

अ+ अ-

फलेवास । पर्वतमा अत्याधुनिक ब्याडमिन्टन कभर्डहल निर्माण भएको छ ।

पर्वत ब्याडमिन्टन सङ्घको पहलमा ५१ लाखको लागतमा उक्त कभर्डहल निर्माण भएको हो ।

यसअघि विभिन्न खुला चौरमा निर्माण गरिएका कोर्ट र पार्टी प्यालेसलगायतका स्थानमा खेल्दै आएका ब्याडमिन्टन खेलाडी अव भने कभर्डहलमा खेल्न पाउने भएका छन् । करिब ६ महिनामा उक्त कभर्डहलको निर्माण कार्य सम्पन्न भएको हो ।

कभर्डहल निर्माणका लागि ब्याडमिन्टन खेलाडीले पाँच हजारदेखि तीन लाखसम्म सहयोग प्रदान गरेका छन् ।

यसैगरी कभर्डहल निर्माणका लागि जिल्ला समन्वय समिति पर्वत, जिल्ला खेलकुद विकास समिति पर्वत, कुश्मा नगरपालिका कार्यालय पर्वत, कालीगण्डकी करिडोर प्रसारण लाइन शाखा पर्वतलगायतले संस्थागत सहयोग उपलब्ध गराएको छ भने सांसद अर्जुनप्रसाद जोशीले तीन लाख सहयोग प्रदान गरे ।

कभर्डहल निर्माणका लागि व्यक्तिगत र संस्थागत गरी हालसम्म ४७ लाख सङ्कलन भएको र चार लाख अझै अपुग भएको सङ्घका कोषाध्यक्ष रविकुमार श्रेष्ठले जानकारी दिए ।

कुश्मा नगरपालिकाअन्तर्गत गुप्तेश्वर बहुमुखी क्याम्पससँगै बनेको उक्त कभर्डहलबाट पर्वतमा नयाँ खेलाडी उत्पादन गर्ने सोच रहेको सङ्घका अध्यक्ष तथा कभर्डहल निर्माण समितिका अध्यक्ष प्रेम गुरुङले भने– “पहिला हामी भाडा तिरेर खेल्नुपर्ने अवस्था थियो, नयाँ खेलाडीलाई पनि समस्या हुन्थ्यो, अव हामी नयाँ खेलाडीलाई पनि ब्याडमिन्टन खेलप्रति आकर्षण गर्ने गरी खेल कार्यक्रम सञ्चालन गर्ने योजनामा छौँ ।”

कभर्डहल निर्माण सम्पन्न भएपछि राष्ट्रियस्तरको खेल सञ्चालन गर्नसक्ने क्षमता पर्वतले राखेको भन्दै उनले खुसी व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस